अनिल गुप्ता वीरगन्ज । भारतीय कारको ठक्करबाट एक ६ वर्षीया बालिकाको मृत्यु भएको छ ।
परवानिपुर गाउँपालिका वडा नम्बर ५ नौतन जनिकै कलैयाबाट वीरगन्ज आउँदै गरेको डिएल १ सिएस २३६० नम्बरको कारको ठक्करबाट सोही ठाउँ बस्ने ऋषिमुनी साह कानुकी ६ वर्षीया छोरी काजली कुमारीको मृत्यु भएको हो ।
प्रहरीका अनुसार कारको ठक्करबाट गम्भीर घाइते भएकी बालिकालाई अस्पताल लैजादै गर्दा बाटोमा मृत्यु भएको हो ।
ठक्कर दिने कारका चालक बाराको सिम्रौनगढ नगरपालिका वडा नम्बर ९ बासवरियाका ३७ बर्षीय मुकेशप्रसाद यादव र कारमा सवार भारतको बिहारको मोतिहारीका २७ बर्षीय मनिषकुमार यादवसहित कार प्रहरीले नियन्त्रणमा लिएको छ ।






