वीरगन्ज । हेलमेट भित्र लुकाएर लागूऔषध ओसारपसार गर्ने दुईजनालाई बारा प्रहरीले नियन्त्रणमा लिएको छ ।
बुधबार वीरगन्जबाट हेटौंडातर्फ जादै गरेको अवस्थामा प्र ३-०२-००९ प ४७३८ नम्बरको मोटरसाइकलमा सवार दुईजनालाई ईलाका प्रहरी कार्यालय अमलेखगञ्जले जीतपुर सिमरा उपमहानगरपालिका वडा नम्बर २१ बाट नियन्त्रणमा लिएको थियो ।
पक्राउ पर्नेमा मोटरसाइकल चालक नुवाकोट पञ्चकन्या गाउँपालिका ३ बस्ने अन्दाजी २७ वर्षका विवस कार्की र सवार चितवन भरतपुर महानगरपालिका ७ बस्ने अन्दाजी ३१ वर्षका ववी तामाङ रहेका छन् ।
कार्की र तामाङलाई रोकेर चेकजाँच गर्दा हेलमेट भित्र लुकाइराखेको नोरफिन २ एमएल १८ पिस, फेनारागन २एमएल १७ पिस, डाईजोपाम २ एमएल १८ पिस बरामद भएको थियो ।
पक्राउ परेका दुवैजनामाथि कानुनी प्रकृया अगाडि बढाईएको बारा प्रहरीले जनाएको छ ।






