वीरगन्ज । स्रोत नखुलेको लाखौं रुपैयाँसहित काठमाडौंमा दुईजना पक्राउ परेका छन् । पक्राउ परेकाहरुको विवरण प्रहरीले खुलाएको छैन ।
स्रोत नखुलेको ९८ लाख रुपैयाँसहित दरबारमार्गबाट २ जना पक्राउ परेका हुन ।
पक्राउ पर्ने दुवैजना बुटवल घर भएका पुरुष रहेको प्रहरी स्रोतले जानकारी दिएको छ ।
घटनाबारे काठमाडौं उपत्यका अनुसन्धान कार्यालयमा पत्रकार सम्मेलन गरेर जानकारी गराइने प्रहरीले जनाएको छ ।


