Rato Pana
समाचार

रुखमा बाँधेर जलाइएको अवस्थामा एक पुरुषको शव फेला

वीरगन्ज । काभ्रेको पाँचखालमा विभत्स अवस्थामा एक युवकको शव फेला परेको छ । रुखमा बाँधेर जलाइएको अवस्थामा एक व्यक्तिको शव फेला परेको प्रहरीले जानकारी दिएको छ। 

प्रहरीका अनुसार पाँचखाल नगरपालिका– ४ जिरोकिलोबाट केही पर मेलम्चीतर्फ जाने बाटो मुनिको जंगलमा शव फेला परेको हो । मुख र छातीमा फलामको तारले बाँधेर आगो लगाइएको अवस्थामा शव भेटिएको छ । 

स्थानीयबाट खबर प्राप्त हुनासाथ कुकुरसहितको प्रहरी टोली घटनास्थल पुगी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी राजकुमार श्रेष्ठले जानकारी दिए ।

मृतकको परिचय खुल्न सकेको छैन। उमेर २५ देखि ३० वर्ष रहेको अनुमान प्रहरीले गरेको छ । शव केहीदिन पहिलेकै जस्तो देखिन्छ । 

सम्वन्धित समाचार

Leave a Comment