Categories समाचार

एकै रात चारवटा मोटर चोरी गर्ने युवक बारा प्रहरीको नियन्त्रणमा

वीरगन्ज । बारा प्रहरीले एकै रात चारवटा मोटर चोरी गर्ने युवकलाई नियन्त्रणमा लिएको छ ।

पक्राउ पर्नेमा बारा पचरौता नगरपालिका वडा नम्बर ३ बस्ने अन्दाजी २७ वर्षका श्याम सुन्दर सहनी रहेका छन् ।

Advertisement

गत बुधबार राति अन्दाजी ११ बजे सोही वडाका विभिन्न व्यक्तिहरुको पानी तान्ने बिधुतिय मोटर चारवटा चोरी भएको सूचना बारा प्रहरीले पाएपछि प्रहरी चौकी श्रीनगरबैरियाबाट खटेको टोलीले खोजतलास गर्दै जादा शनिबार दिनको १ बजे सहनीलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

Advertisement

चोरी भएको चारवटा मोटर बरामद भएकाले अदालतबाट चार दिनको म्याद थप गरि अनुसन्धान कार्य भइरहेको बारा प्रहरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक लधिराम न्यौपानेले जानकारी गराए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *