Categories समाचार

प्ले ग्रुपमा पढ्न गएका तीन वर्षीय बालकको मृत्यु

Advertisement

चितवन । चितवनको भरतपुर महानगरपालिका–३ कमलनगरमा रहेको भृकुटी बोर्डिङ स्कुलमा प्ले ग्रुपमा पढ्ने तीन वर्षीय बालकको मृत्यु भएको छ ।

विद्यालयमा पढ्न गएका भरतपुर–११ का दिलिप गुप्ताका छोरा युवराज गुप्ताको आइतबार मृत्यु भएको हो ।

Advertisement

विद्यालयमा खेलिरहेका बालक अचानक बेहोस भएको र बेहोस भएपछि पानी खुवाएको विद्यालयले जनाएको छ । बेहोस भएका बालकलाई विद्यालयले उपचारका लागि चितवन मेडिकल कलेज पुर्‍याएको थियो ।

Advertisement

आकस्मिक कक्षमा उपचारको क्रममा आइतबार दिउँसो साढे १२ बजे बालकको मृत्यु भएको थियो । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । अनलाइन खबरबाट साभार

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *