Categories समाचार

बाराको एक हाडवेयर पसलमा चोरी गर्ने भारतका सावन पक्राउ

Advertisement

वीरगंज। हाडवेयर पसलमा चोरी गर्ने एक युवकलाई बारा प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारत बिहार राज्य जिल्ला मोतिहारी सिनिया गाँउ वडा नम्बर १ घर भई हाल बाराको कलैया उपमहानगरपालिका वडा नम्बर ४ बस्ने अन्दाजी २३ वर्षीय सावन पटेल रहेका छन्।

Advertisement

प्रहरीका अनुसार गत आइतबार राती कलैया उपमहानगरपालिका वडा नम्बर ५ दरबार चोक स्थित एक हाडवेयर पसलमा झ्याल फुटाई चोरी गर्ने क्रममा उनलाई पक्राउ गरिएको हो ।

Advertisement

चोरी गरेर भागे पश्चात बारा प्रहरीले अनुसन्धानको क्रममा चोरी गर्न प्रयोग गर्ने औजार सहित ती युवकलाई पक्राउ गरेको जनाइएको छ।

उनि उपर चोरी उद्योग मुद्दा दर्ता गरी जिल्ला अदालत बारा कलैयाबाट ४ दिन म्याद थप गरी अनुसन्धान कार्य भई रहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *