Categories समाचार

जिप दुर्घटनामापरी एक बालकसहित २ जनाको मृत्यु, ३ को अवस्था गम्भीर

Advertisement

वीरगंज । बोलेरो जिप दुर्घटनामापरी २ जनाको मृत्यु भएको छ । बुधबार बेलुका पाल्पामा भएको दुर्घटनामापरी मृत्यु हुनेमा निस्दी गाउँपालिका-४ का ६ वर्षीय राजीव सुनारी र सोही वडाका २० वर्षीय तेजन सोमै रहेका छन् । दुर्घटनामा १३ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी सुगन्ध श्रेष्ठका अनुसार उनीहरुको उपचारका क्रममा गएराति मृत्यु भएको हो।

Advertisement

बुधबार बेलुका नवलपुर जिल्लाको अरूणखोलाबाट पाल्पाको निस्दी गाउँपालिका-४ तर्फ आउँदै गरेको लु १ ज ३३२४ नम्बरको जिप दुर्घटना भएको थियो । जिपका चालकसहित अन्य १० जनाको अवस्था सामान्य छ भने घाइतेमध्ये ३ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

Advertisement

दुर्घटनामा पर्ने सबै निस्दी ४ का स्थानीय हुन् । दुर्घटनाका घाइतेको नवलपरासीको मध्यबिन्दु अस्पतालमा उपचार जारी रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

१५ जना सवार उक्त जिप बुधबार बेलुका पौने ६ बजेतिर दुर्घटनामा परेको प्रहरीले जनाएको छ। दुर्घटनाको कारण नखुलेको र थप अनुसन्धान जारी रहेको पाल्पा प्रहरीले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *