Categories समाचार

नेपाल प्रहरीका चार एसएसपी डीआईजीमा बढुवाका लागि सिफारिस

Advertisement

वीरगञ्ज । नेपाल प्रहरीका चार प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)लाई प्रहरी नायब महानिरीक्षक (डीआईजी) मा बढुवाका लागि सिफारिस गरिएको छ। 

कृष्णहरि शर्मा, दानबहादुर कार्की, डा. मनोजकुमार केसी र राजन अधिकारी बढुवाका लागि सिफारिसमा परेका हुन्।
     
गृह मन्त्रालयको बढुवा समितिको शुक्रबार बसेको बैठकले चार एसएसपीलाई डीआईजीमा बढुवा गर्न सिफारिस गरेको हो। 

Advertisement

प्रहरी नियमावली २०७१ (संशोधनसहित) को नियम २७ को उपनियम (४) अनुसार बढुवाका लागि सिफारिस गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *