Categories समाचार

अपराधलाई खेल बुझ्ने गिरी ७२ वर्षको उमेरमा पक्राउ, जो सिडियोका शाखा अधिकृतलाई मारे

वीरगन्ज । जिल्ला प्रशासन कार्यालय पर्साका तत्कालीन शाखा अधिकृत पदमा कार्यरत एकजनालाई गोली हानी हत्या गर्नुका साथै विभिन्न जघन्य प्रकृतिका अपराधहरूमा संलग्नलाई पर्सा प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा विभिन्न जघन्य प्रकृतिका अपराधहरूमा संलग्न रही हाल सम्म फरार रहेका जिल्ला पर्सा साविक गा.वि.स.महुवन वडा नं.४ हाल सखुवा प्रसौनी गा.पा.वडा नं.७ महुवन बलुवा बस्ने वर्ष ७२ का प्रेम गिरीलाई लुकीछिपी बस्दै आएको अवस्थामा निजकै घरबाट पक्राउ गरिएको हो ।

Advertisement

जिल्ला प्रशासन कार्यालय पर्साका तत्कालीन शाखा अधिकृत पदमा कार्यरत वर्ष ५२ का मोहन प्रसाद मैनालीलाई गोली हानी हत्या गरेको कर्तव्य ज्यान मुद्दामा पर्सा जिल्ला अदालतबाट म्याद थप अनुमति लिई थप अनुसन्धान कार्य भईरहेको छ ।

Advertisement

गिरी नेपाल तथा भारतको विभिन्न स्थानहरुमा हत्या, चोरी, डकैती लगायत अन्य अपराधिक कृयाकलापहरूमा संलग्न रही बिगत लामो समय देखि प्रहरीको खोजीमा रहेका थिए ।

प्रेम गिरी संलग्न अपराधहरू

  • मिति २०६५।०६।२२ गते जिल्ला प्रशासन कार्यालय पर्साका तत्कालीन शाखा अधिकृत पदमा कार्यरत वर्ष ५२ को मोहन प्रसाद मैनालीलाई गोली हानी हत्या गरेको कर्तव्य ज्यान मुद्दा
  • मिति २०५७।०५।१२ गते अं.१२:३० बजे रातीको समयमा जिल्ला पर्सा विन्दवासिनी गा.वि.स.वडा नं.४ बस्ने वर्ष ३० देवेन्द्र प्रसाद यादवको घरमा डकैती गर्ने क्रममा गोली हानी देवेन्द्र प्रसाद यादव मृत्यु भएको खुन डाँका मुद्दा,
  • मिति २०६६।११।१९ गते जिल्ला प्रशासन कार्यालय पर्साको फैसला अनुसार हात हतियार तथा खरखजाना मुद्दामा फरार रहेको,
  • मिति २०६०।०९।२५ गते जिल्ला प्रशासन कार्यालय पर्साको फैसला अनुसार हात हतियार तथा खरखजाना मुद्दामा फरार रहेको,
  • मिति २०६०।०३।०३ गतेको पूनरावेदन अदालत हेटौडाको फैसलानुसार हात हतियार तथा खरखजाना मुद्दामा फरार रहेको ,
  • मिति २०५६।०२।०४ गते जिल्ला प्रशासन कार्यालय पर्साको फैसलाले केही सार्वजनिक अपराध मुद्दामा संलग्न रहि फरार रहेको ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *