श्याम सर्राफ
वीरगञ्ज । पर्सा प्रहरीले ५१ लाख रुपैयाँ बढीको हार्डवेयर तथा औषधी लोड रहेको ट्रक नियन्त्रणमा लिएको छ ।
बुधबार बिहान साढे ३ बजे बिल विजक भन्दा बढी हार्डवेयर तथा औषधीहरू बोकेको माल बाहक ट्रक वीरगञ्जबाट कैलालीतर्फ जाँदै गरेको छ भन्ने सूचनाको आधारमा वीरगञ्ज – ८ भारतिय दुतावास नजिकैबाट नियन्त्रणमा लिइएको हो ।
ना.६ ख २९०६ नम्बरको ट्रकलाई रोकी जाँच गर्ने क्रममा विल विजक भन्दा बढी हार्डवेयर तथा औषधी सामानहरु लोड रहेको तथा सो विल बिजक संकास्पद देखिएको प्रहरीले जनाएको छ ।
पर्सा प्रहरीका अनुसार अन्दाजी ५१ लाख ८४ हजार २ सय ५२ रुपैयाँ बराबरको हार्डवेयर तथा औषधी सामानहरु नियन्त्रणमा लिई थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि आजै राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको हो ।


