Categories समाचार

जिल्लाले गरेको सर्वसम्मत निर्णय प्रदेश र केन्द्रले उल्टयाउन खोजे हामी सहेर बस्दैनौ : अध्यक्ष तिवारी

Advertisement

वीरगन्ज । नेपाल पत्रकार महासंघको सदस्यता वितरण तथा नविकरण सम्बन्धमा केन्द्र र प्रदेशले आफु खुसी गरेको भन्दै पर्सा शाखाले एउटा विज्ञप्ति जारी गर्दै चेतावनी दिएको छ ।

नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष अनुप तिवारी र सचिव भुष्ण यादवले संयुक्त प्रेस विज्ञप्ती जारी गरी शाखाबाट भएका सर्वसम्मत निर्णयलाई छानबिन नै नगरी आफू खुशी नाम राख्ने र हटाउने कार्यमा केन्द्र र प्रदेश सक्रिय देखिएकाले त्यसबाट सिर्जित हुने घटना क्रमको जिम्मेवारी केन्द्र र प्रदेश हुने चेतावनी दिइएको हो ।

Advertisement

जारी संयुक्त विज्ञप्तीमा संस्थाको सुद्धिकरण र नयाँ सदस्यता वितरणको लागी जिल्लाबाट भएका सिफारीसहरुमा उजुरी परेको खण्डमा प्रदेश कमिटीले जिल्ला संग समन्वय तथा आवश्यक छानबिन गरी केन्द्रलाई लिपिबद्ध गर्न पठाउने महासंघको विधानमा प्रष्ट उल्लेख रहेको जनाएको छ ।

Advertisement

नेपाल पत्रकार महासंघको विद्यान तथा लुम्बिनी संचार भेलाले तय गरेको १५ बुन्दे मापदण्डलाई टेकेर जिल्लाले गरेको नयाँ सदस्यता तथा नविकरणको लागी शाखाबाट सर्वसम्मत निर्णय गरी पठाएको नामावलीमा कुनै प्रकारको छानबिन तथा समन्वय नगरी जिल्लाको निर्णयलाई वास्ता नगरी आफु खुशी चोर बाटोबाट नाम थप्ने र मन परि ढंगले हटाउने काम भइरहेको जानकारी प्राप्त भएको विज्ञप्तीमा उल्लेख छ ।

शाखाबाट भएका सर्वसम्मत निर्णयलाई वैधानिक रुपमा छानबिन नै नगरी आफू खुशी नाम राख्ने र हटाउने कार्यमा केन्द्र र प्रदेश सक्रिय देखिएकाले सो कुरा कुनै पनि हालतमा मान्य नहुने तथा त्यसबाट सिर्जित हुने सम्पुर्ण घटना क्रमको जिम्मेवारी केन्द्र र प्रदेशको हुने भनी चेतावनी विज्ञप्ती मार्फत दिइएको छ ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *