Categories राजनीति

राष्ट्रिय स्वतन्त्र पार्टी पर्सा संयोजकको जिम्मेवारी पन्तलाई

Advertisement

वीरगन्ज । बुद्धि प्रसाद पन्त ( हरि पन्त) लाई राष्ट्रिय स्वतन्त्र पार्टीले पर्सा जिल्ला संयोजकको जिम्मेवारी दिएको छ । सफल होटल व्यवसायीको पहिचान बनाएका पन्त जिल्ला संयोजकको जिम्मेवारी पाएका छन । पन्त रास्वपाकाे मधेस प्रदेश समिति सदस्यपनि हुन्।

जनकपुरमा बसेकाे रास्वपाकाे बैठकमा मधेस प्रदेशका महामन्त्री तथा मधेस प्रदेश संगठन विभाग प्रमुख मनिष कुमार साहले पन्तलाई संयोजकको जिम्मेवारी दिइएकाे पत्र प्रदान गरे ।

Advertisement

रास्वपाका केन्द्रीय महामन्त्री मुकुल ढकाल, पर्सा जिल्लाका निवर्तमान संयोजक दिलिप कुर्मी, उपसंयोजक तुलसा अधिकारी लगायतको उपस्थिती थियाे।

Advertisement

पर्सा जिल्ला संयाेजककाे जिम्मेवारी पाएपछि पन्तले जिम्मेवारी सहितको अवसर प्रदान गरेकोमा आभार व्यक्त गर्दै पर्सा जिल्लामा रास्वपालाई बलियो बनाउन आफुले कुनै कसर बाँकी नराख्ने बताए ।

संगठन बिस्तारलाई प्राथमिकता दिँदै पर्सा जिल्लाका १४ वटै स्थानमा जाने भन्दै उनले आगामी निर्वाचनमा पर्सा जिल्लामा रास्वपालाई जनताले विश्वास गर्ने वातावरणको निर्माण गर्ने बताए ।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *