Categories राजनीति

जसपा पर्साको जिल्ला समिति विस्तार

वीरगंज । जनता समाजवादी पार्टी पर्साको जिल्ला समिति विस्तार भएको छ । सिंगासन साह तेलीको संयोजकत्वमा रहेको पार्टी पर्साको शनिबार बसेको बैठकले जिल्ला समिति विस्तार गरेको हो ।

जनता समाजवादी पार्टी नेपालबाट गएको बैशाख २४ गते छुट्टिएर बनेको जनता समाजवादी पार्टीले अहिले जिल्ला स्तरमा आफ्नो संगठन विस्तार गर्दै आइरहेको छ । त्यसै क्रममा शनिबार बसेको बैठकले ८१ सदस्यिय जिल्ला समिति विस्तार गरेको हो ।

Advertisement

विस्तारित जिल्ला समितिको सदस्यमा ग्यासुद्दिन मियाँ, मिथिलेस सिंह, उमेशलाल सहनी, सुशिल कुमार कानु, रमेश प्रसाद यादव, बैजुलाल स्वर्णकार, नेक महमद अंसारी, अजय साह सोनार, रियाज अहमद बैजन्ती माला लगायत ८१ जना रहेका छन् ।

Advertisement

बैठकमा पार्टीका केन्द्रीय सदस्य एवं वीरगंज महानगरका प्रमुख राजेशमान सिंह, मोहनलाल चौधरी, पूर्व प्रदेससभा सदस्य जन्नत अन्सारी, भिमा यादव, वीरगंज महानगर समिति अध्यक्ष इश्वरचन्द्र यादवलगायतको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *