Categories स्वास्थ्य

स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा बारे वीरगञ्जमा अन्तरकृया कार्यक्रम

Advertisement

वीरगञ्ज । स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन, २०६६ तथा दोश्रो संसोधन २०७९ को प्रचार प्रसार तथा अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ।

नेपाल चिकित्सक संघले वीरगञ्जमा शनिवार आयोजना गरेको स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन, २०६६ तथा दोश्रो संसोधन २०७९ को प्रचार प्रसार तथा अन्तरकृया कार्यक्रम होटल मकालुमा सम्पन्न गरेको छ।

Advertisement

डाक्टरहरु सरकारी स्वास्थ्य संस्थाहरुप्रति जिम्मेवार र उत्तरदायी नहुँदा सरकारी स्वास्थ्य सेवा विश्वसनीय हुन नसकेको सहभागीहरुको भनाइ रहेको थियो। कार्यक्रममा स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐनको प्रभावकारी कार्यान्वयन नभएको सरोकारवालाहरुले गुनासो गरेका छन् । उपचारका क्रममा लापरवाही गरेको आरोपमा स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थाहरुमाथि आक्रमण बढिरहेको भन्दै दोषीलाई कारवाही गर्ने विषयमा ऐन पनि प्रभावकारी नभएको उनीहरुले गुनासो गरेका हुन् ।

Advertisement

नेपाल चिकित्सक संघका केन्द्रीय अध्यक्ष डाक्टर अनिल विक्रम कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा संघका केन्द्रीय उपाध्यक्ष तथा मधेश प्रदेश संयोजक डाक्टर निरज सिंहले सेवाग्राहीले कुरा नबुझ्दा चारदिन मै चिकित्सकहरुलाई भगवान बनाउे र चारदिनमै डाँका र ज्यानमारा समेत बनाउने गरेको भन्दै यसले स्वास्थ्य सेवामा त्रास फैलाएको बताए ।

कार्यक्रममा पर्साका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसाल, बाराका प्रहरी उपरीक्षक महेन्द्र खड्का, पर्साका सशस्त्र प्रहरी उपरीक्षका राधेश्याम धिमाल, विभिन्न राजनीतिक दलका प्रतिनिधि, चिकित्सक, नागरिक समाज लगायतको उपस्थिति रहेको थियो ।

Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *