Categories स्वास्थ्य

वीरगन्जको विन्दवासिनी स्वास्थ्यचौकीमा स्वास्थ्य शिविर सम्पन्न

Advertisement

वीरगन्ज । वीरगन्जको एक स्वास्थ्य चौकीमा आयोजना गरिएको शिविरबाट १ सय ७० महिला सहित ३ सय जना लाभान्वित भएका छन् ।

वीरगन्ज महानगरपालिका – १९ विन्दवासिनी स्वास्थ्यचौकीमा आज भएको स्वास्थ्य शिविरबाट १ सय ७० जना महिला र १ सय ३० जना पुरुष गरि ३ सय जनाले लाभ लिएका हुन ।

Advertisement

सोही वडाका कार्यवाहक वडाध्यक्ष उपेन्द्र प्रसाद यादवको अध्यक्ष्तामा भएको सो शिविरमा विभिन्न रोगहरु चेकजाँच गरि उपचार गरिएको स्वास्थ्यचौकी प्रमुख शिवहरी तिवारीले जानकारी गराउनुभयो ।

Advertisement

निशुल्क रुपमा आयोजना गरिएको शिविरमा जेष्ठ नागरिक बिशेषज्ञ डाक्टर अनुपम उपाध्याय, नेत्र रोग बिशेषज्ञ डाक्टर पवन राज पटेल, बाल तथा शिशु रोग बिशेषज्ञ डाक्टर आनन्द रौनियार, स्त्रीरोग बिशेषज्ञ डाक्टर नाज्दा, फिजिसियन डाक्टर सइलेजानन्द भुरेरले सेवा प्रदान गरेका थिए ।

सो अवसरमा विनोद प्रसाद चौरसिया, दिनेश प्रसाद कलवार, रामप्रवेश कलवार, विन्देश्वर चौरसिया, प्रकाश उपाध्याय, शिव ठाकुर, किरण शर्मा लगायतको उपस्थिति रहेको थियो ।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *