Categories राजनीति

जसपा नेपाल पर्सामा पहिरो, सबै भातृ संगठन नवगठित जसपामा

Advertisement

वीरगंज । पर्सा जिल्लामा उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालमा पहिरो गएको छ । नवगठित जनता समाजवादी पार्टीमा तत्कालिन जसपा नेपालको सबै भातृ संगठन समाहित भए पछि पर्सामा उपेन्द्र यादव नेतृत्वको जसपा नेपालमा पहिरो गएको हो ।

तत्कालिन जसपा नेपालको भातृ संगठनको रुपमा रहेको समाजवादी महिला संघ, समाजवादी युवा संघ, समाजवादी मुस्लिम संघका अध्यक्ष सहित सिंगो कमिटी नवगठित जनता समाजवादी पार्टीमा समाहित भएको छ ।

Advertisement

आइतबार संयुक्त विज्ञप्ति जारी गर्दै ती भातृ संगठनका अध्यक्षहरुले तत्कालिन जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव आफ्नो निजी स्वार्थ पुर्ति हुने गरि पार्टी संचालन गरेकाले पार्टी विभाजन हुन पुगेको भन्दै आफूहरुले नवगठित पार्टी रोजेको बताएका हुन् ।

Advertisement

उपेन्द्र यादवको कार्यशैलिमा सुधार नभएको र आफूहरुले पटक–पटक दिएको सल्लाह सुझाव तथा आग्रहलाई समेत वेवास्ता गरेकाले बाध्य भएर उनको साथ छाडेर नवगठित पार्टी रोज्नु परेको पनि विज्ञप्तिमा उल्लेख छ ।

पार्टीको वीरगंज महानगर समिति अध्यक्ष इश्वरचन्द्र यादव, समाजवादी महिला संघ पर्साका अध्यक्ष इन्दुदेवी यादव, समाजवादी मुस्लिम संघका केन्द्रीय सचिव मन्जुरुल हक समानी, समाजवादी युवा संघ पर्साका वरिष्ठ उपाध्यक्ष मनमोहन पाण्डे, पार्टीका संघीय परिषद् सदस्य नागेन्द्र प्रसाद यादव, विपिन प्रसाद यादव र पार्टीको मधेस प्रदेश समिति सदस्य अर्सद कमालले संयुक्त हस्ताक्षर गर्दै आफूहरुले तत्कालिन जसपा नेपाल छाडेर नवगठित जनता समाजवादी पार्टी रोजेको स्पष्ट पारेका हुन् ।

जसपा नेपालबाट छुट्टिएर गएको बैशाख २४ गते जनता समाजवादी पार्टी गठन भएको थियो ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *