Categories समाचार समाज

गर्मीले बेहाल बिद्यार्थी, बिद्यालय बिदा दिन अभिभावकको अनुरोध

Advertisement

वीरगन्ज । तातो हावा ‘लु’ चलेर अत्यधिक गर्मी बढेपछि समस्या भोगिरहेका बिद्यार्थीहरुको पिडा बुझ्दै पर्साका बिद्यालयमा बिदा दिन अभिभावकहरुले अनुरोध गरेका छन् ।

तातो हावा लु र अत्यधिक तापक्रमका कारण बालबालिका बिरामी पर्न थालेपछि विभिन्न पालिकाका नागरिकहरुले समाजिक सञ्जाल मार्फत बिद्यालय बिदा गर्न अपिल गरिरहेका छन् ।

Advertisement

अत्यधिक गर्मीका कारण बालबालिकालाई वान्ता हुने, टाउको दुख्ने, ज्वरो आउनेजस्तो समस्या देखिन थालेको जनाइएको छ । मौसमको अवस्था हेरेर अरु कुनै बिदाबाट कट्टा हुने गरि तत्कालका लागि बिद्यालय बन्द गर्न अभिभावकहरु सुझाव दिरहेका छन् ।

Advertisement

चिकित्सकले गर्मीसँगै तातो हावा र लु चल्नेक्रम जारी रहेकाले दिउँसोको समय घरबाहिर हिँडडुल नगर्न तथा बालबालिकालाई पर्याप्त मात्रामा पानी खुवाउन अनुरोध गरेका छन् । 

Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *