Categories समाचार

नेपाल पत्रकार महासंघ पर्सा शाखामा तालाबन्दी

Advertisement

वीरगंज । समाजवादी प्रेस संगठन नेपाल, पर्साले सोमबार नेपाल पत्रकार महासंघकाे जिल्ला शाखा पर्सामा तालाबन्दी गरेको छ ।

जालझेल र नियतबस नेपाल पत्रकार महासंघको सदस्यता सूचीबाट केही क्रियाशिल पत्रकारलाई हटाइएको र मापदण्ड पूरा गरेपनि केही क्रियाशिल पत्रकारलाई सदस्यता नदिएको प्रति समाजवादी प्रेस संगठनले आपत्ती जनाउँदै तालाबन्दी गरेकाे हाे । 

Advertisement

नेपाल पत्रकार महासंघले गैर पत्रकारहरुलाई समेटेर पत्रकारहरुको सदस्यताको अन्तिम नामावली प्रकाशित गरेको र कृयाशिल पत्रकारहरुलाई विभेदपूर्ण ढंगवाट हटाएको आरोप सहीत उक्त नामावली खारेजीको माग गर्दै महासंघमा तालाबन्दी गरिएकाे संगठनका केन्द्रिय सदस्य मनाेज पटेलले वताए ।

Advertisement

संगठनकाे केन्द्रिय किमिटीले महासंघकाे केन्द्रिय कार्यालयमा पनि आजै तालबन्दी गरेकाे उनले जानकारी दिए ।

महासंघले गैर पत्रकारहरुलाई समेटेर महासंघको आगामी जेठ २६ गते हुने निर्वाचनलाई प्रभावित गर्नेगरी सो सदस्यता नामावली छापामार शैलीमा ल्याइएकोले त्यसको खारेजीको माग गर्दै केन्द्रिय कार्यालयसहित जिल्ला शाखामा पनि तालाबन्दी गरिएकाे संगठन पर्साका अध्यक्ष शम्भु कुमार सुमनले वताए ।

उनले सो सदस्यता न्यायोचित नहुँदासम्म आफूहरुले महासंघको आगामी निर्वाचनको काममा अवरोध ल्याउने खालको गतिविधिलाई अघि बढाउने चेतावनी पनि दिए ।

नेपाल पत्रकार महासंघको केन्द्रीय समितिले आईतवार राति सार्वजनिक गरेको सूचीमा पर्साका समाजवादी प्रेस संगठनका केन्द्रीय सचिव बृजलाल पासवानको सदस्यता हटाएको र संगठन पर्साका सहसचिव श्याम सर्राफको सबै प्रक्रिया पूरा भएपनि सदस्यता नदिएको प्रति संगठनको आपत्ती रहेकाे छ । 

Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *