Categories समाचार

गणतन्त्र दिवसको अवसरमा पशुपति मन्दिरमा सरसफाइ तथा वृक्षारोपण

Advertisement

वीरगञ्ज । गणतन्त्र दिवसको अवसरमा वीरगञ्जको चिनीमिलस्थित पशुपति मन्दिर परिसरमा सरसफाइ तथा वृक्षारोपण गरिएको छ । डिभिजन वन कार्यालय पर्साको आयोजनामा विरुवा रोपिएको हो ।

विरुवा रोप्दै वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले वीरगञ्ज महानगरलाई हराभरा, सुन्दर र सफा शहर बनाउनका लागि विरुवा रोप्नुपर्ने आवश्यक्ता औँल्याए । वीरगञ्ज महानगरपालिकाले विरुवा रोप्ने कार्यलाई प्राथमिकतामा राखेको उनको भनाई छ । उनकाअनुसार बढ्दै गएको गर्मीलाई कम गर्न र जमिनमा पानीको मात्रा बढाउनका लागि पनि विरुवा रोप्न आवश्यक छ । 

Advertisement

मन्दिर परिसरमा रुद्राक्ष, मयूरपंखी, पारिजात लगायतका विभिन्न प्रजातीका ९५ वटा विरुवा रोपिएको डिभिजन वन कार्यालय पर्साका प्रमुख सुभाष चन्द्र दासले जानकारी दिए । डिभिजन वन कार्यालयले विरुवा रोप्ने र शहरलाई हराभरा बनाउने कार्यमा महानगरसँग हातेमालो गर्दै अघि बढ्ने पनि उनको भनाई छ ।

Advertisement

गणतन्त्र दिवसकै उपलक्ष्यमा पशुपति मन्दिर परिसरमा सरसफाई पनि गरिएको छ । सशस्त्र प्रहरी बल १३ नम्बर गण हेड क्वार्टर पर्साको आयोजनामा मन्दिर परिसरमा सरसफाई गरिएको हो । सरसफाई कार्यक्रममा सशस्त्र प्रहरी, नेपाल प्रहरी, नेपाली सेना, स्थानीय लगायतको सहभागितामा सरसफाई गरिएको हो ।

 सो अवसरमा पर्साका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसाल, जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक कुमोद ढुंगेल, सशस्त्र प्रहरी उपरीक्षक राधेश्याम धिमाल, ग्रिनसिटी सामुदायिक सेवा केन्द्र आदर्शनगरका अध्यक्ष जयप्रकाश खेतान, वीरगञ्ज युवा समाजका संस्थापक अध्यक्ष कमल चौगाई, सबैया साझेदारी वन समितिका अध्यक्ष शहरुम राउत गदी लगायतको उपस्थिती रहेको थियो । 

Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *