वीरगंज । पर्सामा एक युवतीमाथि छुरा प्रहार भएको छ । पकाहाँमैनपुर गाउँपालिका वार्ड नं १ धोरे गाउँका अन्दाजी १८ वर्षिय प्रिया यादव माथि छुरा प्रहार भएको हो ।
उनलाई कसले छुरा गरेका छन भन्ने खुलिसकेको छैन।आक्रमणमा संलग्नको खोजी भइरहेको प्रहरीले जनाएको छ।
वीरगंजस्थित राधेमाई बिक्रम तिमल्सिनाको घरमा डेरा लिएर बस्दै गरेकी यादवमाथि आज राती ८:३० बजे तिमलसिनाको घर अगाडि अपरिचित मानिसले छुरा प्रहार गरेका छन् ।
यादवले प्रतिकार गर्दै चिच्याउन थालेपछि छुरा प्रहार गर्ने व्यक्ति भागेका थिए । उनीहरूलाई आफूले नचिनेको यादवले बताएकी छन् ।
छुरा प्रहारबाट सख्त घाइते यादवको विरगंजस्थित तराई अस्पतालमा उपचार भई रहेको छ ।