वीरगन्ज । वीरगन्ज कपडा बैंकद्वारा आफ्नो सहयोगी दाता एवम् शुभेच्छुकहरुको सम्मानमा आयोजना गरिएको कार्यक्रम सम्पन्न भएको छ ।
वीरगन्ज कपडा बैंकका अध्यक्ष लालबाबु सिंहको अध्यक्ष्ता एवं बैंकका संरक्षक अधिवक्ता सुरेन्द्र प्रसाद कुर्मीको प्रमुख आतिथ्यमा सम्मान कार्यक्रम सम्पन्न भएको हो ।
सो अवसरमा बैंकलाई कपडा सहयोग गर्ने, कार्यालय संचालन गर्न आर्थिक सहयोग गर्ने दाताहरु र बैंकले गरेको क्रियाकलापलाई समाचार बनाई सम्प्रेषण गरि हौसला प्रदान गर्ने सञ्चारकर्मी गरि १०७ जनालाइ गम्छा ओढाएर सम्मानपत्र प्रदान गरि सम्मानित गरिएको सचिव कन्हैया पटेलले जानकारी गराए ।
सो कार्यक्रममै वीरगन्ज -४ निवासी पुर्वजनप्रतिनिधी एवं नेपाली काङ्ग्रेसका नेता समाजसेवी संजय जोशीले आफ्नो आमाबुबाको सम्झनामा नगद ५ हजार १ सय सहयोग बैंकका कोषाध्यक्ष मनोज मिश्रालाइ हस्तान्तरण गरेका थिए ।
सो कार्यक्रममा बिशिस्ट अतिथिहरु संस्थाका सल्लाहकार अधिवक्ता पन्नालाल गुप्ता र अधिवक्ता प्रकाश कुमार उपाध्यायर राजेश कुमार बरनवाल ( राजु) , ओमप्रकाश सरार्फ, नेपाल पत्रकार महासंघ पर्साका उपाध्यक्ष युवराज खडका, अतिथिहरुमा समाजसेवीहरु अब्दुल समानी , संस्थाका पुर्वअध्यक्ष बृजेश चौधरी , सदस्य अभिषेक तिवारी लगायतको उपस्थिति रहेको थियो ।
बैंकले विगत ६ बर्ष देखि आइतबार देखि शुक्रबार सम्म प्रत्येक दिन साढे १० बजे देखि साढे ५ बजे सम्म कार्यालयबाट र प्रत्येक महिना घण्टाघर लगायत सार्वजनिक स्थानमा निशुल्क कपडा वितरण गर्दै आइरहेको छ । साथै बैंकले दैवीप्रकोप वा आपातकालिन अवस्थामा हरेक हिसाबले सेवा दिदै आएको वक्ताहरूले जानकारी गराए ।
स्वागत मन्तव्य उपाध्यक्ष मोनिका सिंहले गर्नु भएको थियो भने सहजीकरण सचिव पटेलले गरेका थिए ।






