Categories अर्थ

स्रोत नखुलेको एक करोड बढी रुपैयासहित एकजना पक्राउ

Advertisement

वीरगंज । स्रोत नखुलेको एक करोड एक लाख नगदसहित एक जनालाई सशस्त्र प्रहरीले सुनसरीबाट पक्राउ गरेको छ ।

Advertisement

हरिनगर गाउँपालिका–५ दुर्गा मन्दिरस्थित सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट बसन्तपुरको चेकप्वाईन्ट टोलीले घुस्की नाकाबाट हरिनगरतर्फ जाँदै गरेको बा १६ च ७६१३ नम्बरको कारलाई शङ्का लागेर चेकजाँच गर्दा सो नगद बरामद गरेको हो ।

Advertisement

कारभित्र बोरामा लुकाइछिपाइ राखेको सो रकमसहित कार र चालकलाई पनि नियन्त्रणमा लिएको सशस्त्रका सह प्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए । पक्राउ पर्नेमा हरिनगर गाँउपालिका–५ का अन्दाजी वर्ष ३७ का ईसा अन्सारी छन् । प्रारम्भिक सोधपुछमा उनले सो रकमको स्रोत खुलाउन नसकेको पनि डीएसपी थापाले बताए ।

Advertisement

नगद, कार र चालकलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय इटहरीमा बुझाउने प्रक्रियामा भइरहेको थापाले बताए ।

Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *