Categories समाचार

ट्रायलमा पास गराइदिने भन्दै रकम ठगेको आरोपमा दुई जना पक्राउ

Advertisement

रौतहट । रौतहटको राजदेवी नगरपालिका–२ स्थित ट्रायल सेन्टर यातायात व्यवस्था कार्यालय गौरबाट दुईजना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी एलिजा गिरीका अनुसार पक्राउ पर्नेमा चितवन भरतपुर महानगरपालिका– ३ स्थित कान्तिपुर ड्राइभिङ स्कुल सेन्टर सञ्चालन गरी बस्ने ४५ वर्षीय रमेश पाठक र रौतहट गौर नगरपालिका– १ का ४८ वर्षीय श्यामनारायण साह रहेका छन् ।

Advertisement

गौरमा सञ्चालन हुँदै आएको सवारी चालक अनुमति पत्रको ट्रायल ( प्रयोगात्मक ) परीक्षामा सहभागीलाई पास गराइदिने भन्दै सेवाग्राहीसित रकम ठगेको आरोपमा प्रहरीले आइतबार दुई जनालाई पक्राउ गरेको हो। 

Advertisement

यातायात व्यवस्था कार्यालय रौतहटबाट लिइँदै आएको लिखित तथा ट्रायल (प्रयोगात्मक ) परीक्षामा पास गराइदिने भन्दै प्रलोभनमा पारी दश हजारदेखि तीस हजार रुपैयाँसम्म पैसा उठाएको आरोपमा प्रहरीले तिनीहरूलाई पक्राउ गरेको हो । 

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *