Categories समाचार

सडकदेखि ४०० मिटर तल जीप खस्दा एकको मृत्यु, सात जना घाइते

Advertisement

वीरगंज । आफै अनियन्त्रित भई सडकदेखि ४०० मिटर तल जीप खस्दा एक जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक (डिएसपी) शंकर पोखरेलका अनुसार मृत्यु हुनेमा गुल्मी सत्यवती गाउँपालिका–८ भार्से की ३२ वर्षीया कमला बुढाथोकी रहेका छन्।

Advertisement

सोमबार बिहान कालिगण्डकी गाउँपालिका– ४ ओक्याङस्थित भित्री कच्ची सडकमा चन्द्रकोटबाट पूर्तिघाटतर्फ जाँदै गरेको ग २ च ३२६२ नम्बरको बलेरो (डबल क्याप गाडी) आफै अनियन्त्रित भई सडकदेखि ४०० मिटर तल खसेको प्रहरीले जनाएको छ ।

Advertisement

जीपमा आठ जना सवार रहेका थिए, घाइते सातमध्ये चार जनाको अवस्था गम्भीर रहेको डिएसपी पोखरेलले बताए । घाइते सबैलाई थप उपचारका लागि पाल्पा पठाएको छ ।

दुर्घटनामा परी घाइते हुनेमा २९ वर्षीय केशव राना, ३७ वर्षीया रीता छन्तेल, चार वर्षीया ईरिसा छन्तेल, २६ वर्षीय अजय नेपाली, ७५ वर्षीय टेकबहादुर काला, ४६ वर्षका दुरपति बराल, २३ वर्षीय मेख बराल घाइते भएको प्रहरीले जनाएको छ । घटनाबारे उद्धार अनुसन्धानका लागि पूर्तिघाट प्रहरी चौकीबाट प्रहरी सहायक निरीक्षक घनश्याम रिमालको कमाण्डमा पाँच जनाको टोली खटिएको छ ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *