वीरगञ्ज । पर्सामा दोस्रो चरणको राष्ट्रिय पोलियो रोगविरुद्धको आइपीभी खोप लगाउन सुरु भएको छ । जिल्लाका ७ पालिकाका बालबालिकालाई खोप लगाउन सुरु गरिएको हो ।
जेठ १३–१६ गतेसम्म पहिलो चरणको राष्ट्रिय खोप अभियान सम्पन्न भएलगत्तै दोस्रो चरणको पोलियो खोप अभियान सुरु भएको स्वास्थ्य कार्यालय पर्साका खोप अधिकृत जयमोद ठाकुरले जानकारी दिए । दोस्रो चरण अन्र्तगत १६ हजार ६२८ जना बालबालिकालाई खोप लगाइनेछ ।
यो चरणमा वीरगञ्ज महानगरका १७ नम्बर वडादेखि ३२ नम्बरसहित पटेर्वासुगौली गाउँपालिका, जिराभवानी गाउँपालिका, जगरनाथपुर गाउँपालिका, सखुवाप्रसौनी गाउँपालिका, पर्सागढी नगरपालिका र पोखरीया नगरपालिका गरी ७ पालिकाका बालबालिकालाई खोप लगाउने तालिका छ ।






