Categories समाचार

मधेश प्रदेश सभाको तेस्रो अधिवेशनको पहिलो बैठक जनमतले गर्यो अवरुद्ध

Advertisement

काठमाडौं । मधेश प्रदेश सभाको तेस्रो अधिवेशनको पहिलो बैठक जनमतले अवरुद्ध गरेको छ ।

सप्तरीको राजविराजमा कृषि विश्व विद्यालयको भवन शिलान्यासको क्रममा भएको घटनाको छानबिन गर्न संसदीय समिति छानबिनको माग गर्दै जनमतले सदन अवरुद्ध गरेको हो ।

Advertisement

सुरुमै जनमतका प्रदेश सांसद संजय यादव उठेर घटनाको लागि छानबिन समित नबने सदन चल्न नदिने भनेका थिए । त्यसपछि जनमतका सांसदहरु उठेर अवरुद्ध गरेपछि सभामुख रामचन्द्र मण्डलले १० मिनेटका लागि बैठक स्थगित गरेका छन् ।

Advertisement

गत माघ माघ ८ गते कृषि विश्व विद्यालयको भवन शिलान्यास क्रममा तत्कालीन शिक्षा मन्त्री समेत रहेका जनमत संसदीय दलका नेता महेश प्रसाद यादवसहित केही सांसदहरु प्रहरीको बल प्रयोगमा घाइते भएका निए । त्यस घटना पश्चात् सदन चल्ने बेला जनमतले छानबिन समितको माग गर्दै सदन अवरुद्ध गर्दै आएको छ । साभार : अनलाईन खबर

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *