Categories खेलकुद

आइसिसी टीट्वान्टी विश्वकप क्रिकेटमा नेपालले १० वर्षपछि आज खेल्दै

काठमाडौँ । आइसिसी टीट्वान्टी विश्वकप क्रिकेटमा नेपालले १० वर्षपछि आज खेल्दैछ । नेदरल्याण्ड्ससँग नेपालले राति सवा ९ बजे अमेरिकाको डालासस्थित ग्रान्ड प्रेरी रङ्गशालामा प्रतिस्पर्धा गर्नेछ । 

विश्वकपमा समूह ‘डी’ मा रहेका नेपाल र नेदरल्याण्ड्सको यो पहिलो खेल हो । 

अहिलेसम्म यी दुई टिमले १२ टी-२० आईमा एकअर्काको सामना गरेका छन्, जसमा नेदरल्याण्ड्सले ६ र नेपालले ५ खेल जितेको छ । 
विश्वकपमा भने नेपाल र नेदरल्याण्ड्स पहिलोपटक एकअर्काबीच आमनेसामने हुन लागेका हुन् । 

नेपाली टोलीका कप्तान रोहित पौडेलले आफूहरू उच्च मनोबलका साथ मैदानमा उत्रन लागेको बताउनुभएको छ ।

हिजो आईसीसीले गरेको प्रिम्याच पत्रकार सम्मेलनमा उहाँले नेदरल्याण्डससँगको खेल जित्ने उद्धेश्यका साथ रणनीति बनाइएको बताउनुभएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *