वीरगन्ज । आज विश्व वातावरण दिवस, नेपालमा पनि विभिन्न कार्यक्रमको आयोजना गरेर यो दिवस मनाइँदै छ ।
संयुक्त राष्ट्र सङ्घले आह्वान गरेबमोजिम प्रत्येक वर्ष जुन ५ तारिखलाई विश्व वातावरण दिवसको रूपमा मनाउन थालिएको हो ।
यस वर्ष ‘हाम्रो भूमि, हाम्रो भविष्य’ राष्ट्रिय नाराका साथ विश्व वातावरण दिवस मनाइँदै छ ।






