Categories समाचार

जसपा महाधिवेशनका लागि १ महिना लगाएर तयार गरिएको पण्डाल भत्कियो

Advertisement

वीरगन्ज । जनता समाजवादी पार्टी (जसपा) नेपालको महाधिवेशनको लागि एक महिना लगाएर तयार पारिएको पण्डाल भत्किएको छ । जसपा नेपालको यही जेठ २८ गतेदेखि हुने एकताको प्रथम राष्ट्रिय महाधिवेशनको लागि जनकपुरधामस्थित तिरहुतिया गाछी मैदानमा निर्माणाधीन टेन्टसहितको पण्डाल भत्केको छ ।

एक महिना अघिदेखि निर्माणाधीन पण्डाल अन्तिम चरणमा हावाहुरीसहित भएको वर्षातका कारण भत्केको जनाइएको छ । जसपा नेपाल धनुषा अध्यक्ष पशुपति यादवले दिएको जानकारी अनुसार २० हजार जना नेता तथा कार्यकर्ता क्षमताको रहेको सो पण्डाल निर्माण अन्तिम चरणमा रहेको थियो ।

Advertisement

सोमबार राति भएको वर्षात र हावाहुरीले भत्केको जिल्ला अध्यक्ष यादवले बताए । उनले भव्यरुपमा निर्माणाधीन पण्डाल एक महिनादेखि दर्जनौँ मजदुरले निर्माण गरिरहेका थिए ।

Advertisement

अध्यक्ष यादवले सो पण्डाल पुनः निर्माण गरी तोकिएकै मितिमा महाधिवेशन सम्पन्न हुने बताए ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *