Categories समाचार

पत्रकार महासंघको आज हुने भनिएको चुनाव स्थगित, अर्को मिति अनिश्चित

Advertisement

वीरगन्ज । नेपाल पत्रकार महासंघको आज (जेठ २६ गते शनिबार) हुने भनिएको चुनाव स्थगित भएको छ । महासंघका अध्यक्ष विपुल पोखरेलले विज्ञप्ति निकालेर आजको लागि तोकिएको चुनाव स्थगित भएको जानकारी दिएका हुन् ।

मतदाता नामावलीमा देखिएको विवाद समाधानका लागि प्रयास भइरहेकाले आउँदो असार दोस्रो हप्ताभित्रै मतदान गर्नेगरी अध्यक्ष मण्डलसँगको परामर्शमा अर्को मिति तय हुने विज्ञप्तिमा उल्लेख छ ।

Advertisement

अध्यक्ष पोखरेलले निर्वाचन समिति गठन गर्न बाँकी शाखा समिति, एशोसिएट संस्था र प्रदेश समितिलाई यथाशीघ्र निर्वाचन समिति गठन गरेर जानकारी गराउन समेत आग्रह गरेका छन् । महासंघको शुद्धीकरण समितिले छानबिन गरी तयार गरेको नामावलीमा विवाद उत्पन्न भएपछि चुनाव अन्योलमा परेको हो ।

Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *