Categories एजेन्सी

मोदीको शपथलाई ध्यानमा राख्दै दिल्लीलाई ‘नो फ्लाइङ जोन’ घोषणा

एजेन्सी । भारतका नवनिर्वाचित प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ समारोहलाई ध्यानमा राख्दै दिल्ली प्रहरीले आइतबारदेखि दुई दिन (जुन ९ र १०) का लागि राष्ट्रिय राजधानी दिल्लीलाई नो फ्लाइङ जोन घोषणा गरेको छ। 

यस अवधिमा प्याराग्लाइडर, प्यारा-मोटर, ह्याङ ग्लाइडर, यूएभी, यूएएस, हट एयर बेलुन, माइक्रोलाइट एयरक्राफ्ट र रिमोटबाट चल्ने विमान उडानमा रोक लगाइनेछ। लापरबाही गरे कडा कारबाही गरिने भारतीय सञ्चारमाध्यमले जनाएका छन्।मोदीले लगातार तेस्रो कार्यकालका लागि आइतबार साँझ प्रधानमन्त्री पदको शपथ खाने कार्यक्रम छ। 

Advertisement

निषेधाज्ञा जारी गर्दै दिल्लीका प्रहरी आयुक्त सञ्जय अरोराले भने- केही भारतविरोधी आपराधिक, समाजविरोधी तत्त्व वा आतंकवादीले आम जनता, प्रतिष्ठित व्यक्ति र महत्त्वपूर्ण प्रतिष्ठानहरूको सुरक्षामा खतरा पैदा गर्न सक्ने जानकारी छ।

Advertisement

उनले दिल्ली क्षेत्रलाई नो फ्लाइङ जोन घोषणा गर्नाका साथै इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थल र अन्य संवेदनशील क्षेत्रहरू नजिक ड्रोन र लेजर बिम गतिविधि रोक्न निषेधाज्ञा लगाइएको बताए।

भारतीय सञ्चारमाध्यमका अनुसार ठूलो संख्यामा दिल्ली प्रहरी र सुरक्षाकर्मी तैनाथ गरिएको छ। अनधिकृत सवारीसाधनलाई सुरक्षा क्षेत्रमा प्रवेश गर्न नदिन सघन चेकिङ भइरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *