Categories राजनीति

एमालेसँग एकताको सम्भावना देखिएन : अध्यक्ष नेपाल

Advertisement

वीरगंज । शनिबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा नेकपा (एकीकृत समाजवादी) कोशी कमिटीद्वारा आयोजित प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै एमालेसँग एकताको सम्भावना नदेखिएको अध्यक्ष माधव कुमार नेपालले बताएका हुन् । उनले विगतको कुरा छोडेर कुनै समीक्षा नगर्दा पनि एमालेसँग तत्काल एकताको सम्भावना नरहेको बताए ।

उनले एमालेसँग एकताका लागि एमालेले पनि चाहना देखाउन आवश्यक रहेको बताए ।

Advertisement

‘एमालेसँग एकताको कुनै सम्भावना देखिएन । विगतको समीक्षा नगर्दा पनि त्यो देखिएको छैन । किनभने चाहना त हुनुपर्छ नि ! अहिले के देखिएको छ भने सँगै जाऔं भन्ने प्रस्ताव लिएर अहिले मोर्चा बनाउर अघि जाऔं भन्ने प्रस्ताव लिएर विभिन्न दलसँग कुरा भइरहेको छ,’ उनले भने।

Advertisement

उनले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई आफ्नो पार्टीप्रति सकारात्मक हुन आग्रह गरे । उनले आफ्नो पार्टीप्रति प्रधानमन्त्री पुष्पकमल दाहाल सकारात्मक रहेको उल्लेख गरे । उनले समाजवादी मोर्चाको पुनःगठन गरेर अघि बढ्ने सोच आफूहरुको रहेको र सोहीअनुसार अघि बढिरहेको बताए ।

अध्यक्ष नेपालले राष्ट्रका आवश्यकताको पहिचान गरेर अघि बढ्न जरुरी रहेको बताए । उनले कुन कुरामा पहिलो प्राथमिकता दिनुपर्ने हो, त्यो छुट्याउन जरुरी रहेको भन्दै देश विकास हुने मार्गहरुको पहिचान गरी अघि बढ्न आवश्यक रहेको बताए ।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *