Categories समाचार

बैदेशिक रोजगारबाट फर्किदा सुन ल्याउनेहरु विमानस्थलबाट पक्राउ

वीरगंज । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनसहित चार जना पक्राउ परेका छन्। भन्सार छलेर लैजान लगेको आरोपमा चार जनालाई पक्राउ गरेको नेपाल प्रहरीले जनाएको छ।

कतार एयरको उडानबाट आएका मोरङ केराबारी गाउँपालिका-९ का ३१ वर्षीय सरोज कोइराला र रौतहट कटहरिया नगरपालिका-६ बस्ने २४ वर्षीय मोहम्मद इन्तेयाम आलमलाई शनिबार राति पक्राउ गरेको हो।

Advertisement

उनीहरूलाई २५ ग्रामको सिक्री र ६९ ग्राम ९९ मिलिग्रामको काँचो सुनको डल्लोसहित पक्राउ गरेको हो। उनीहरूलाई विमानस्थलको आगमन पार्किङ क्षेत्रबाट प्रहरीले पक्राउ गरेको थियो।

Advertisement

त्यस्तै, शनिबार दिउँसो प्रहरीले थप दुई जनालाई पक्राउ गरेको थियो।

पक्राउ पर्नेहरूमा सप्तरी सुरुङ्‍गा नगरपालिका-५ बस्ने २१ वर्षीय मोहमद अरमान र सप्तरी खडक नगरपालिका-६ बस्ने ३७ वर्षीय ज्याउदिन मिँया छन्। उनीहरूबाट करिब ५० ग्राम सुनको सिक्री बरामद भएको थियो। ज्याउदिन कतार एयरको उडान दोहाबाट नेपाल आएका थिए।

ज्याउदिनले भन्सार छली ल्याएको उक्त धातु अरमानलाई दिने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय आगमन पार्किङबाट उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो।

उनीहरूलाई आवश्यक कारवाहीको लागि भन्सार कार्यालय बुझाइने छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *