Categories स्वास्थ्य

ग्यालेक्सी सेकेन्डरी स्कुलले आयोजना गरेको शिविरबाट बालबालिका लाभान्वित

Advertisement

वीरगन्ज । एक स्कुलले आयोजना गरेको निशुल्क शिविर बाट बालबालिकाहरु लाभान्वित भएका छन् ।

वीरगन्ज महानगरपालिका वडा नम्बर १० स्थित रहेको ग्यालेक्सी सेकेन्डरी स्कुलले आयोजना गरेको निशुल्क दाँत शिविरबाट बिद्यालयमा अध्यनरत बालबालिकाका साथै अन्य बालबालिकाहरुले लाभ लिएका हुन ।

Advertisement

बालबालिकाहरुमा बढ्दै गएको दाँतको समस्या र हेरचाह गर्ने बारे अतिरिक्त क्रियाकलाप अन्तर्गत गरिएको शिविरमा १ सय ८० जनाले चेकजाँच गराएका हुन ।

Advertisement

स्कुलको प्रांगणमा माँ जानकी डेन्टल क्लिनिककी डाक्टर चाँदनी दाशले बालबालिकाहरुको दाँतको चेकजाँच गर्नुका साथै हेरचाह र सरसफाइ बारे जानकारी गराउनुभएको शिक्षक सागिर अंसारीले जानकारी गराए ।

Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *