Categories समाचार

शंकराचार्य गेट नजिकै पहिचान खुल्न नसकेको एक पुरुषको शव फेला

वीरगञ्ज । नेपालको प्रवेशद्वार भनेर चिनिने शंकराचार्य गेट नजिकै एक पुरुषको शव बेवारिसे अवस्थामा फेला परेको छ ।

आइतबार दिउसो साढे ५ बजे पर्साको वीरगञ्ज महानगरपालिका वडा नं.१६ शंकराचार्य गेट स्थित खुल्ला चौरमा कालो रंगको सर्ट, निलो रंगको टिसर्ट, कालो रंगको जिन्स पाइन्ट र खैरो रंगको जुत्ता लगाएको हाल सम्म नामथर वतन नसकेको एक पुरुषको शव फेला परेको हो ।

Advertisement

प्रहरीका अनुसार अन्दाजी २५/३० वर्षका पुरुष मृत अवस्थामा रहेको भन्ने सूचना प्राप्त भई तत्कालै सोको समेतको प्रहरी टोली घटनास्थल लासजाँच प्रकृति मुचुल्का लगायतका कार्य सम्पन्न गरी मृतक शव नारायणी अस्पताल वीरगञ्जको शव गृहमा राखी थप अनुसन्धान कार्य भैरहेको छ ।

Advertisement

निम्न लिखितको विवरणको कपडा र हुलिया रहेको हुँदा उल्लेखित हुलियासंग मिल्ने कोही पुरुष हराइरहेको भए जिल्ला प्रहरी कार्यालय पर्सामा सम्पर्क राखी अनुसन्धान कार्यमा सहयोग पुर्‍याइ दिन पर्सा प्रहरीले अनुरोध गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *