Rato Pana
समाचार

बससँग ठोक्किँदा पिकअप चालकको घटनास्थलमै मृत्यु, आठ जना घाइते

कपिलवस्तु । कपिलवस्तुको बुद्धभूमि नगरपालिका–४ झडुलामाईमा बस र पिकअप ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने आठ जना घाइते भएका छन् ।

काठमाडौंबाट सुर्खेत जाँदै गरेको क प्र ०२–००१ ख ०५२५ नम्बरको बस र लु १ च ९२८४ नम्बरको पिकअप मंगलबार बिहान करिब साढे ५ बजे ठक्कर खाएका हुन् ।

घटनामा पिकअपका चालक कपिलवस्तु शिवराज नगरपालिका बस्ने हिरालाल बढईको घटनास्थलमा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।

पिकअपमा च्यापिएका बढईलाई दुई घण्टापछि निकालिएको थियो । घाइते आठ जनालाई उपचारका लागि बुटवल पठाएको इलाका प्रहरी कार्यालय गोरुसिंगेका प्रहरी निरीक्षक वीरबहादुर सुनारले जानकारी दिए ।

सम्वन्धित समाचार

Leave a Comment