Categories समाचार

भरततालमा ३० करोड २९ लाख भ्रष्टाचार , निलम्बित नगरप्रमुखसहित ६ जनाविरुद्ध मुद्दा दायर

Advertisement

वीरगञ्ज । सर्लाहीको बागमती नगरपालिकाका निलम्बित नगर प्रमुख भरतकुमार थापाविरुद्ध भ्रष्टाचारको अर्को मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मङ्गलवार प्रमुख थापाविरुद्ध ३० करोड रुपियाँभन्दा बढी भ्रष्टाचार गरेको आरोपमा विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको हो ।

Advertisement

बाग्मती नगरपालिकाको वडा नम्बर ४ र १२ मा रहेको अहिले भरत तालको नामले चिनिने बाग्मती माछा पोखरी निर्माण गर्दा उत्खनन भएको ढुङ्गा, गिटी, बालुवालगायतको नदीजन्य पदार्थ बिक्री – वितरणमा अनियमितता भएको अख्तियारले जनाएको छ ।

Advertisement

अख्तियारका प्रवक्ता नरहरी घिमिरेका अनुसार भरत ताल निर्माणमा अनियमितता गरेको भन्दै थापासहित ६ जनाविरुद्ध मुद्दा दायर गरिएको हो ।

अख्तियारले बागमती नगरपालिकाका उपप्रमुख लीलाकुमार मोक्तानविरुद्ध पनि मुद्दा दायर गरेको छ । प्रवक्ता घिमिरेले मुक्तानलाई ३० करोड २९ लाख रुपियाँ बिगो कायम गर्नुपर्ने माग गरेको जानकारी दिनुभयो ।

यसैगरी, नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत बिमलकुमार पोखरेल, योजना शाखा प्रमुख इन्जिनियर सागर पौडेल र लेखा अधिकृत विश्वराज पोखरेलविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर गरिएको छ ।

उनीहरुविरुद्ध पनि ३० करोड २९ लाख रुपियाँ बिगो मागदाबी गरिएको छ । त्यस्तै, जिल्ला समन्वय समिति सर्लाहीका तत्कालीन प्रमुख मेथुर चौधरीलाई भने कैद र जरिवानाको मागदाबी गरिएको जानकारी अख्तियारका प्रवक्ता घिमिरले दिनुभयो ।

निलम्बित मेयर थापाविरुद्ध भ्रष्टाचारको अर्काे मुद्दा दायर भएको हो । यसअघि गैरकानुनी सम्पत्ति आर्जन गरेको आरोपमा अख्तियारले मुद्दा दायर गरेको थियो । साभार

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *