वीरगन्ज । वीरगन्जबाट स्रोत नखुलेको रकम सहित एकजनालाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ । भारतको रक्सौलबाट वीरगन्जतर्फ आउदै गरेका भारतको पूर्वी चम्पारणका अन्दाजी ३३ बर्षका राहुल कुमार स्रोत नखुलेको ६ लाख रुपैयाँ सहित पक्राउ परेका हुन ।
बि.०६ एआर ९४११ नम्बर को मोटरसाइकलमा आएका उनलाई चेकजाँच गर्दा हेल्मेट भित्र लुकाई ल्याएको ६ लाख श्रोत नखुलेको नेपाली रुपैयाँ फेला परेको सशस्त्र प्रहरी नम्बर १३ गण हेडक्वाटर पर्साले जनाएको छ ।
नेपाली रूपैयाँ र मोटरसाइकल सहित नियन्त्रणमा लिएका उनलाई आवश्यक कार्वाहिको लागि वीरगन्ज भन्सार कार्यालयमा बुझाईएको सशस्त्र प्रहरीले जनाएको छ ।






