Categories खेलकुद

वेष्ट इण्डिजले न्युजिल्याण्डलाई दियो १५० रनको लक्ष्य

Advertisement

काठमाडौं । आइसीसी टी–२० विश्वकपमा वेष्ट इण्डिजले न्युजिल्याण्डलाई १५० रनको लक्ष्य दिएको छ । आज (बिहीबार) बिहान भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको वेष्ट इण्डिजले ९ विकेट गुमाएर १४९ रन बनाएको हो ।

त्यस क्रममा सर्फेन रथरफोर्ड ६८ रन बनाएर नट आउट रहे । उनले ३९ बलमा २ चौका र ६ छक्का प्रहार गरे । अन्य ब्याटरहरू सस्तोमै आउट भएका थिए । ब्रान्डन किङ ९ रनमा, जोनसन चार्ल्स र रोस्टन चेस शून्यमा, अल्जारी जोशेफ ६ रनमा र कप्तान रोवमन पवेल एक रनमा आउट भए ।

Advertisement

निकोलस पुरनले १२ बलमा ३ चौका हानेर १७ रन बनाए । अकिल होसेनले १५, आन्द्रे रसेलले १४ र रोमारियो शेफर्डले १३ रन जोडे । बलिङतर्फ ट्रेन्ट बोल्टले ३, टिम साउथी र लोकी फर्गुशनले २/२ तथा जेम्स निशम र मिचेल सान्टनरले १/१ विकेट लिए । वेष्ट इण्डिजले यसअघि खेलेको दुवै खेल जितेको छ । न्युजिल्याण्डको यो दोस्रो खेल हो ।

Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *