Categories समाचार

बंगलादेशका नोबेल शान्ति पुरस्कार विजेता मुहम्मद युनुसमाथि भ्रष्टाचारको आरोप

Advertisement

काठमाडौं । बंगलादेशका नोबेल पुरस्कार विजेता मुहम्मद युनुससहित १३ जनाविरुद्ध भ्रष्टाचारको आरोप लागेको छ । ढाकाको एक अदालतमा उनीहरूविरुद्ध मुद्दा दायर भएको हो ।

युनुसमाथि देशको सबैभन्दा ठूलो टेलिकम कम्पनीमा २० लाख अमेरिकी डलर बढी अपचलन गरेको आरोप लगाइएको छ । आरोपितहरूले यो आरोप खारेज गर्न याचिका गरेका थिए । तर, न्यायाधीशले उक्त याचिका खारेज गरेसँगै युनुसलगायतमाथि मुद्दा चल्ने भएको हो ।

Advertisement

न्यायाधीशले यो मुद्दाको सुनुवाइका लागि १५ जुलाइको समय तोकेका छन् । तर, युनुससहितका आरोपितले भने आफूहरूमाथि लगाइएको अरोप अस्वीकार गरेका छन् । युनुसले सन् २००६ मा नोबेल शान्ति पुरस्कार पाएका थिए ।

Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *