वीरगन्ज । ब्लड डाेनर्स एसाेसिएशन नेपाल पर्साले विश्व रक्तदाता दिवसकाे अवसरमा शुक्रबार सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।
आज सम्पन्न कार्यक्रममा ५० जना भन्दी बढी रक्तदान गर्ने गराउने ८१ ब्यक्ति र संस्थालाई यस बर्ष सम्मान गरिएको हो । यस अघि विश्व रक्तदाता दिवसकाे अवसरमा एक सय जना भन्दा बढी रक्तदान गर्ने ब्यक्ति र संस्थाहरुलाई सम्मान गर्दै आइएकाेमा यस बर्ष ५० जना भन्दा बढी रक्तदान गर्नेहरुलाई सम्मान गरिएको ब्लड डाेनर्स एसाेसिएशन पर्साका सचिव अरबिन्द सिंहले वताए ।
यसका साथै निशुल्क रगत उपलब्ध गराउन रक्त संचार केन्द्र संग सम्झाैता गर्ने १७ ब्यक्ति र संस्थालाई सम्मान गरिएको छ । यसैगरी आकस्मिक रक्तदाता र प्रत्येक ३/३ महिनामा रक्तदान गर्ने र गराउनेलाई पनि सम्मान गरिएको हो ।
सचिव सिंहका अनुसार २०८० सालमा १४ हजार ५८३ पिन्ट रक्तदान कार्यक्रम मार्फत रगत संकलन भएकाे छ भने १६ हजार ३३० पिन्ट रगत वितरण भएकाे छ । रगत संकलन भएकाे भन्दा बढी वितरण भएका रगतहरु आकस्मिक रक्तदाताबाट रगत संकलन भएकाे हाे । रक्तदान गर्नेहरुमा १३ हजार ६१४ पुरुष र एक हजार २९ महिला रहेका छन् ।
२०८० सालमा सब भन्दा बढी ४६५ जनाले राउन्ड टेबल नेपालले आयाेजना गरेकाे कार्यक्रममा रक्तदान गरेकाे अध्यक्ष शत्रुधन नेपालले वताए । उनले दाेस्राे स्थान इलाका प्रहरी कार्यालय पटेर्वा सुगाैलीकाे कार्यक्रममा ३ सय जना र तेस्राे स्थानमा रेडियाे वीरगंजले आयाेजना गरेकाे कार्यक्रममा २४५ जनाले रक्तदान गरेकाे जानकारी गराए ।
अहिले सम्म ग्रामिण भेगमा आयाेजित कार्यक्रम मध्ये सबै भन्दा बढी इलाका प्रहरी कार्यालय पटेर्वा सुगाैलीले पटेर्वा सुगाैलीमा आयाेजना गरेकाे कार्यक्रममा रक्तदान गरेकाे अध्यक्ष नेपालले वताए ।
वीरगंजस्थित मकालु होटेलमा आयोजना गरिएको कार्यक्रमका प्रमुख अतिथि नेपाल रेडक्रस सोसाइटी पर्साका अध्यक्ष विरेन्द्रराज कंडेल रहनुभएको थियो भने पर्सा प्रहरी प्रमुख कुमोद ढुंगेल, प्रसौनी गाउपालिका अध्यक्ष, बहुदरमाई कि उपाध्यक्ष लगायतको उपस्थिी रहेको थियो ।










