Categories समाज

उपकार सेवा नेपालद्वारा ठोरीको वृद्ध आश्रममा खाद्यान्न लगायतका सामाग्री सहयोग

वीरगन्ज । उपकार सेवा नेपाल नामक समाजिक संस्थाले एक आश्रममा खाद्यान्नलगायतका सामाग्री सहयोग गरेको छ ।

संस्थाले ठोरी गाउँपालिका वार्ड न.१ भगवाननगर स्थित वृद्ध -वृद्धा आश्रममा आश्रीतहरुका लागि दैनिक प्रयोग हुने सामाग्री सहित खाद्यान्न सहयोग गरेको हो ।

Advertisement

आश्रममा रहेका २३ जना अपाङ्ग, सुस्त मनस्थितिका वृद्ध बृद्धा तथा बालबालिकाहरुका लागी दाल,चामल ,नून ,तेल ,चिउरा सर्फ, साबुन, विभिन्न साईजको डाईफर, सैनेट्री पैड, जीरा, धनिया ,खुर्सानी, बेसार मसला, चाउचाउ, बिस्कुट लगायत खाद्यान्न सामग्री समेत उपलब्ध गराइएको हो ।

Advertisement

एक अनौपचारिक कार्यक्रम आयोजना गरि संस्थाकी अध्यक्ष विद्या कुमारी सरावगीले आश्रमका सदस्य राम बहादुर थिङ्गलाई सो सामाग्रीहरु हस्तान्तरण गर्नुभएको समाजसेवी प्रकाश थारुले जानकारी गराए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *