वीरगन्ज । अज्ञात समुहको गोली प्रहारबाट घाइते भएका रामराजा बहुमुखी क्याम्पस, कलैयाका प्रमुख हरिभुषण कुशवाहाको उपचारको क्रममा मृत्यु भएको छ ।
बाराको आदर्शकोतवाल गाउँपालिका–३ बतरा भन्ने स्थानमा अज्ञात समूहले क्याम्पस प्रमुख कुशवाहामाथि गोली प्रहार गरेको थियो ।
गम्भीर घाइते उनलाई उपचारका लागि बयोधा अस्पताल, वीरगञ्ज लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको जनाइएको छ ।






