Categories राजनीति

पार्टी छाडेकालाई कांग्रेसमा फर्कन कोइरालाको आह्वान

Advertisement

वीरगंज । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले पार्टी छाडेकालाई फर्कन आह्वान गरेका छन् । जनकपुरधाममा शुक्रबार संचारकर्मीहरुसंग कुराकानी गर्दै नेता कोइरालाले पार्टीका निष्क्रिय रहेका कार्यकर्तालाई सक्रियतापूर्वक पुनः कांग्रेस पार्टीमा फर्कनका लागि आह्वान गरेका छन् ।

नेता कोइरालाले भने, ‘रुष्ट भएर बाहिर बस्नु भएको छ वा निष्क्रिय हुनु भएको छ वा अन्य पार्टीमा हुनुहुन्छ । उहाँहरूलाई म विनम्र आग्रह गर्न चाहन्छु की नेपाली कांग्रेसमा फर्किनुहोस्, नेपाली कांग्रेसलाई बलियो बनाउनुहोस् ।

Advertisement

लोकतन्त्रलाई बलियो बनाउन कांग्रेसको हात मजबुत बनाएर अगाडि बढ्नुपर्छ ।’ उनले मुलुकको आर्थिक, सामाजिक तथा लोकतन्त्रको संस्थागत विकासमा सबै एकजुट भएर अगाडि बढ्नुपर्ने बताए । मुलुक संकटपूर्ण अवस्थाबाट गुज्रिरहेकाले आपसी सहकार्य र समन्वयबाट मुलुकको समृद्धिमा सबै लाग्नुपर्नेमा उनको जोड थियो ।

Advertisement

उनले वर्तमान राजनीतिक अस्थिरताले देशको समृद्धि र विकासमा समस्या आएकाले राजनीतिक स्थिरता आवश्यक रहेको बताए । नेता कोइराला शुक्रबार र शनिबार धनुषामा हुने पार्टीका विभिन्न कार्यक्रममा सहभागी जनकपुरधाम पुगेका छन् ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *