वीरगन्ज । लागु औषधसहित एक जनालाई पर्सा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्साको पटेर्वा सुगौली गाउँपालिका वडा नम्बर ४ बस्ने भथौडा का २९ वर्षीय अमित कुमार चौधरी रहेका छन् ।
प्रहरीका अनुसार गाई गोठमा २२ किलो ४९० ग्राम लागु औषध गाँजा लुकाई छिपाइ राखेको अवस्थामा फेला परेको थियो ।
प्रहरीलाई प्राप्त सूचनाको आधारमा छापामारी गर्दा चौधरीको गोठबाट ७ पोका लागु औषध गाँजा बरामद भएको पर्सा प्रहरी प्रमुख कुमोध ढुंगेलले बताए ।
पक्राउ परेका चौधरीमाथि लागु औषध सम्बन्धी कसुरमा म्याद थप भई अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।






