Categories समाज

कुकुरको क्रुरतापूर्वक हत्या गर्ने तीनजना पक्राउ

Advertisement

इलाम । पशु कल्याण संघ काठमाडौंले दिएको जाहेरीको आधारमा कुकुरको बच्चालाई कुट्दै जिउँदै खाल्डोमा पुरेको आरोपमा तीन जनालाई प्रहरीले इलामबाट पक्राउ गरेको छ ।

उनीहरुलाई इलामको देउमाई नगरपालिकाको जितपुरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

Advertisement

सुगम मोराहाङ लिम्बू नामको फेसबुक एकाउन्टमा पोस्ट भएको कुकुरको बच्चालाई तड्पाई–तड्पाई हत्या गरेको भिडियो भाइरल भएको थियो । अहिले सो भिडियो हटाइएको छ ।

Advertisement

पशु कल्याण संघकी अध्यक्ष स्नेहा श्रेष्ठले भनिन् ‘कुकुरको बच्चालाई क्रूरतापूर्वक मारेको देखिन्छ, ‘यो हदसम्मको अपराध गर्नेहरुलाई प्रचलित कानुनअनुसार दण्ड सजाय हुनैपर्छ ।’ संघले काठमाडौंबाट प्रतिनिधि पठाएर जिल्ला प्रहरी कार्यालय इलाममा उजुरी दर्ता गराएको थियो ।

नेपालको प्रचलित कानुनले कुनैपनि पशु प्राणीलाई निर्दयी व्यवहार गर्न, क्रुरतापूर्वक हत्या गर्न बन्देज गरेको छ । यस्ता कृत्य गर्नेलाई तीन महिनासम्म कैद र पाँच हजार रुपैयाँसम्म जरिवाना हुनसक्ने प्रावधान छ ।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *