Categories समाचार

`गोल्डेन एथलेटिक्स मिट´२०२४ सुरु, पर्सा जिल्ला कार्यसमिति सम्मानित

वीरगन्ज । एथलेटिक्स परिवार नेपालको आयोजनामा “गोल्डेन एथलेटिक्स मिट” २०२४ काठमाण्डौको त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा सोमबारदेखि सुरु भएको छ ।

दुईदिने यस कार्यक्रमको उद्घाटन सत्रको प्रमुख अतिथि राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङ रहनुभएको थियो भने विशिष्ठ अतिथिमा राखेपका कार्यकारी सदस्य उकेन्द्र कुँवर, बोर्ड सदस्य बिना श्रेष्ठ रहेकी थिइन् ।

Advertisement

नेपाली एथलेटिक्स जगतमा सबै भन्दा बढि ५२ ईभेन्टमा देशैभर बाट करिव ५ सय ५० खेलाडीको सहभागीता रहको छ ।

Advertisement

खेलको उद्घाटन समारोहमा अतिथिको रुपमा सहभागी पर्सा जिल्ला एथलेटिक्स परिवार नेपालका जिल्ला अध्यक्ष सन्नी कुमार दुबे लगायत जिल्ला कार्य समिति पर्साका विभिन्न पदाधिकारीहरुलाई सोही राष्ट्रिय स्तरको कार्यक्रममा खादा लगाई एथलेटिक्स परिवार नेपालका राष्ट्रिय अध्यक्ष राजन खत्रीले सम्मान गरेका थिए ।

साथै जिल्ला अध्यक्ष दुबेले यस्ता राष्ट्रिय स्तरका कार्यक्रमहरु पर्सा जिल्लामा सञ्चालन गर्न पाऊँ भनी राखेका अवधारणा लाई राष्ट्रिय अध्यक्षले स्विकार्दै आवश्यक पर्ने साधन व्यवस्थापन कार्यमा समेत केन्द्रीय कार्यालयले सहयोग गर्ने प्रतिबद्धता जाहेर गरेका छन् ।

अन्तर्राष्ट्रिय स्तरको खेलजगतमा राष्ट्रिय ध्वजा कृतिमान कायम गरेका खेलाडी वैकुण्ठ मानन्धरको सभापतित्वमा सम्पन्न कार्यक्रममा एथलेटिकस परिवार नेपालका राष्ट्रिय अध्यक्ष खत्रीले स्वागत मन्तव्य दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *