Categories समाचार

आफ्नै श्रीमतीको घाँटी थिची हत्या गरेको आरोपमा एक जना पक्राउ

Advertisement

वीरगञ्ज । आफ्नै श्रीमतीको घाँटी थिची हत्या गरेको आरोपमा रौतहट प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको राजपुर नगरपालिका–५ मदनी चोक बस्ने ३४ बर्षका मसुद आलम लहेरी रहेका छन् ।

पक्राउ परेका उनले गत शुक्रबार बिहान आफ्नो जेठी श्रीमती ३७ बर्षकी नजाबुन नेसालाई आफ्नै फुसको घरमा घाँटी थिची हत्या गरेको प्रहरीले जनाएको छ । घट्नास्थलमा खटिएको प्रहरीले शव नियन्त्रणमा लिइ अनुसन्धान गरेको थियो ।

Advertisement

सो क्रममा मृतकको श्रीमान लहेरीसंग घटनाको बारेमा सोधपुछ गर्दा निजले आफ्नो श्रीमती नेसालाई कुटपिट गरी घाँटी थिची मारेको हुँ भनी स्विकारेको रौतहटकी प्रहरी प्रबक्ता एवम् डिएसपी एलिजा गिरिले जानकारी दिइन् । पक्राउ परेका लहेरीलाई ज्यानसम्बन्धी कसुर (कर्तव्य ज्यान) मुद्दामा अदालतबाट म्याद थप गराई अनुसन्धान भईरहेको गिरीले बताइन् ।

Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *