Categories समाचार

शौचालयमा प्रहरी जवान मृत फेला परेको घटनामा एक जना पक्राउ

Advertisement

वीरगंज। जिल्ला प्रहरी कार्यालय, सिराहाको शौचालयमा प्रहरी जवान मृत फेला परेको घटनामा एक जना पक्राउ परेका छन्।

जेठ ३१ गते २५ वर्षीया प्रहरी जवान करिश्मा सुनार जिल्ला प्रहरी कार्यालयको महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्र भवनको दोस्रो तलामा रहेको शौचालयमा मृत फेला परेकी थिइन्। उनी शौचालयमा झुन्डिएको अवस्थामा फेला परेकी थिइन्।

Advertisement

यस घटनामा प्रहरीले एक जना पुरूषलाई आत्महत्या दुरूत्साहनको कसुरमा पक्राउ गरेको हो। पक्राउ पर्नेमा दैलेख घर भई बाँके बैदनाथ गाउँपालिका वडा नम्बर २ बस्ने २७ वर्षीय पुष्कर थापा मगर छन्। जिल्ला प्रहरी कार्यालय ,सिराहामा ल्याएर उनीविरूद्ध आत्महत्या दुरूत्साहन मुद्दामा प्रहरीले अनुसन्धान अघि बढाएको छ।

Advertisement

अनुसन्धानका निम्ति सिराहा जिल्ला अदालतबाट म्याद थप गरिसकिएको छ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *